घर फर्केका मुग्लानिहरु
सिमानामा भाेकभाेकै बाचिरहेछन् !
दिन दुखिका उजाड झुपडीहरु
दुई छाककाे अभावमा तड्पिरहेछन् !
कालरात्रिकाे अधेरीले
सर्वत्र डसिरहेकाे बेला
हाम्रा खुशीहरु निर्दयी काेराेनाले लुटिरहेछन् !
प्रकृतिका निर्मम प्रहारले
मानव सभ्यताका धराेहरहरु
इतिहासका गर्भाशयमा कहिल्यै नउदाउने गरि अस्ताइरहेछन् ।
सुनसान सुन्यता !
घाेर निराशाभित्र हाम्रा युगिन सपनाहरु
भत्किएका भग्नावशेषभित्र
चिर निद्रामा बिलाइरहेछन् – र पनि अथाह अात्मबल सगालेर अन्जुलिभरि …
बिश्वकाे बैरी काेराेनासग जुध्नु छ
घरि उठ्नु छ !
घरि लखेट्नु छ
परास्त गरेर कालाे राेगलाइ
इतिहासका पानामा बिजयकाे बिगुल फुक्नु छ ।