स्थानीय सरकार

६ करोड लागतमा मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानले प्रशासकीय भवन निर्माण कार्य सुरु गरेको छ । २०८४ असार २० गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ ।

६ करोड ७२ लाख ७५ हजार ८३८ रुपैयाँ २० पैसाको लागतमा शुभम निर्माण सेवा, सुनिल एण्ड बिजय कन्ष्ट्रक्सन प्रालि रोल्पाले भवन निर्माण गर्न लागेको गाउँपालिकाका इन्जिनियर हेमराज बस्नेतले जानकारी दिनुभयो ।

सोमबार गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश कुमार श्रेष्ठले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभयो ।

जिल्लामा ९ वटा स्थानीय तह मध्य ८ वटा पालिकाहरुले आफ्नै प्रशासकीय भवनबाट सेवा प्रदान गर्दै आएका छ्न ।

Related Articles

Back to top button