महेश थापा
प्यूठान, १२ असार । नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन निर्माण शुरु भएको छ ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष शिव रिजालले प्रशासकीय भवनको शिलान्यास गरेसँगै भवन निर्माण कार्य अघि बढेको हो ।
नयाँ बन्ने भवनको लाग ८ करोड ४६ लाख रुपियाँ रहेको छ । निर्माणको जिम्मा रविना÷आँशु÷मल्लरानी जेभीले पाएको छ ।
