> स्थानीय सरकार > गौमुखी पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा


गौमुखी पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा

प्यूठान । गौमुखी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त (शुन्य होम डेलिभरी) पालिका घोषणा गरिएको छ । शनिवार एक समारोहका वीच यस्तो घोषणा गरिएको हो ।

पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा÷स्थानीय तह तथा जिल्ला घोषणा निर्देशिका २०७९ र लुम्बिनी प्रदेश सरकारद्धारा जारी पूर्ण संस्थागत प्रसुती सेवा युक्त भएको वडा÷स्थानीय तह÷जिल्ला घोषणा सुनिश्चित सम्बन्धि मापदण्ड २०८० बमोजिमका सम्पूर्ण प्रक्रिया पुरा गरि पालिका घोषणा गरिएको हो ।

 

स्वास्थ्य संस्थामा प्रसुती हुनेको संख्या आ.व. २०७९/८० मा ३३४, आ.व. २०८०/८१ मा २८३ र २०८१/८२ मा २९५ रहेका छन् । घरमा सुत्केरी हुनेको संख्या आ.व. २०७९÷०८० मा १०, २०८०/८१ मा ३ र चालु आ.व.मा शुन्य रहेको छ ।

 

गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी, १ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र, ८ वटा सामुदायिक स्वास्थ्य इकाइ, १ वटा नागरिक आरोग्य केन्द्र, १ वटा आँखा उपचार केन्द्र गरि १७ वटा स्वास्थ्य संस्था रहेका छन् । ५१ जना महिला स्वयमसेविका, १५ वटा गाउँघर क्लिनिक र २८ वटा खोप क्लिनिकहरु संचालनमा छन् । त्यस्तै ७ वटा बर्थिङ सेन्टर, १ वटा एम्वुलेन्स, १ जना मेडिकल अधिकृत सहित जम्मा ६० जना जनशक्ति कार्यरत रहेका छन् ।

 

मातृ तथा नवशिशुको स्वास्थ्यमा जटिलता कम गर्नु र मृत्युदर घटाउन पालिका घोषणा गरिएको अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिनुभयो । ९० प्रतिशत भन्दा धेरै चार पटक गर्भ जाँच गरेको, दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा प्रसुति ९५ प्रतिशत भएको, घरमा हुने प्रसुती सुन्य भएको र प्रोटोकल अनुसार तीन पटक प्रसुति जाँच ९० प्रतिशत भन्दा धेरै भएको तथ्याङ्कका आधारमा पालिका घोषणा गरिएको हो ।

 

अभियानलाई निरन्तरता दिन कार्यरत स्वास्थ्यकर्मीहरुलाई एसबीए तालिम, भौगोलिक बिकटता र मापदण्ड अनुसार भवन तथा पुर्वाधारको अभाव चुनौतीका रुपमा रहेको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो ।

 

घोषणा सभामा लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, जिल्ला प्रजन्न स्वास्थ्य  समन्वय समितिका अध्यक्ष धरम बहादुर जिसि, सदस्य सचिब मधुसुदन खड्का लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *