प्यूठान, १० असार । कोपा अमेरिकामा विहिवार विहान भएको खेलमा ब्राजिलले रोमाञ्चक जित निकालेको छ ।
ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको हो । खेलको पहिलो हाफको १० मिनेटमा डियाजको गोलबाट कोलम्बियाले अग्रता कायम गरेको थियो ।
प्रतिष्पर्धात्मक खेलको ७८ औं मिनेटमा लोडिको पासमा फर्मिनोले गोल गरेपछि बराबरी भएको खेल अझ प्रतिष्पर्धात्मक भएको थियो । फउलको कारण नेयमारले ८७ मिनेटमा पँहेलो कार्ड पाएका थिए । १० मिनेट थप गरिएको खेलको अन्तिम मिनेटमा नेयमारको कर्नर किकलाई कसिमिरोले हेड मार्फत गोल गरेपछि ब्राजिलले कोलम्बियालाई पराजित गर्दैै रोमाञ्चक जित निकालेको हो ।
ब्राजिलले समुह बि मा ३ खेलको सबै खेलमा जित निकाल्दै ९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । ब्राजिल समुह चरणको १ खेल अघि समुह विजेता बन्दै अन्तिम ८ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै आजै भएको अर्को खेलमा इक्वेडर र पेरु २–२ गोलको बराबरी खेलेका छन् । समुह वि मा क्रमशः ब्राजिल ९, कोलम्बिया ४, पेरु ४, इक्वेडर २ र भेनेजुवेलाको २ अंक भएको छ ।
