> राष्ट्रिय > प्यूठानमा स्वास्थ्यकर्मी, नगरपालिका कर्मचारी, सवारी चालकसहित ३१ जनामा कोरोना संक्रमण


प्यूठानमा स्वास्थ्यकर्मी, नगरपालिका कर्मचारी, सवारी चालकसहित ३१ जनामा कोरोना संक्रमण

प्यूठान, २ कार्तिक । प्यूठानमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा ३० जना र लुम्विनी प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १ जना गरि जम्मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयका अनुसार संक्रमित नौवहिनि गाउँपालिका २४ जना, प्यूठान नगरपालिका ३ जना, मल्लरानी गाउँपालिकाका २ जना र झिमरुक गाउँपालिकाका २ जना रहेका छन् । जसमा ११ जना महिला र २० जना पुरुष ९ देखि ४९ वर्ष उमेरका रहेका छन् ।

नौवहिनिका संक्रमितहरुमध्ये २२ जना बाहिरबाट आएका मध्ये रहेको र २ जना कन्ट्याक्ट ट्रेसिङबाट परिक्षण गरेका मध्ये रहेको गाउँपालिका स्वास्थ्य संयोजक रिषिराम शर्माले जानकारी दिनुभयो । अहिले २२ जना संक्रमित होम क्वारेन्टाइनमा र २ जना संक्रमित क्वारेन्टाइनमा रहेका उहाँले बताउनुभयो ।

यस्तै प्यूठानमा नगरपालिकाका ३ जना संक्रमितमध्ये १ जना नगरपालिकाम कार्यरत कर्मचारी रहको नगरपालिका स्वास्थ्य संयोजक गोविन्द राज घिमिरेले जानकारी दिनुभयो । यस्तै १ जना जिल्ला अस्पताल विजुवारका सवारी चालक रहेको अस्पतालले जनाएको छ । भने १ जना बाहिर परिक्षण गरेको र स्थायि ठेगाना प्यूठान नगरपालिका भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

मल्लरानी गाउँपालिकाका थप भएका २ जना संक्रमित मध्ये १ जना गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी रहेको र १ जना बाहिरबाट आइ होम क्वारेन्टाइनमा बसेको मध्ये रहेको गाउँपालिका स्वास्थ्य संयोजक पारस शाहिले जानकारी दिनुभयो ।

यस्तै झिमरुक गाउँपालिकाका थप भएका २ जना संक्रमित भारतबाट आइ होम क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजक विकास के.सीले जानकारी दिनुभयो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ७२० पुगेको छ । जसमध्ये ५६१ जना निको भएर घर फर्किसकेका छन् भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *