समाज

प्यूठानमा २९१ क्वारेन्टाइन र ७ आईसोलेसन

क्वारेन्टाईनमा बसेकाहरुमा कुनै पनि स्वास्थ्य समस्या छैन

[mashshare]

सृजना सेन

प्यूठान, १९ चैत्र ।
प्यूठानमा कोरोना भाईरस (कोभिड १९)को संक्रमणको शंकास्पद विरामीलाई राख्नका लागि २९१ वटा वेड तयारी अवस्थामा छन् । र, ७ वटा आईसोलेसन वेड तयार भएका छन् ।

निर्माण गरिएको क्वारेन्टाइनमा ४८ जना रहेका छन् । स्वर्गद्धारी नगरपालिकामा ३२ र ऐरावती गाउँपालिकामा १६ जना रहेका हुन् । क्वारेन्टाईनमा बसेकाहरुमा कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन ।

स्वर्गद्धारी नगरपालिकामा १००, प्यूठान नगरपालिकामा ९७, ऐरावती गाउँपालिकामा २५, सरुमारानी गाउँपालिकामा १२, नौबहिनी गाउँपालिकामा १५, झिमरुक गाउँपालिकामा ५, माण्डवी गाउँपालिकामा २०, गौमुखी गाउँपालिकामा ७ र मल्लरानी गाउँपालिकामा १० वटा क्वारेन्टाईन वेड निर्माण गरिएको छ ।

जिल्ला अस्पताल विजुवारमा ४ र प्राथमिक स्वास्थ्य केन्द्र भिगृमा ३ बेडको आईसोलेसन स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close