प्यूठान, १ असार । कोपा अमेरिका २०२१ अन्र्तगत गु्रप वि को गएराती भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।
३३ मिनेटमा मेस्सीले गरेको फ्रि किक गोलबाट अग्रता लिएको थियो । ५७ मिनेटमा चिलीले पाएको पेनाल्टीमा भिडाले प्रहार गरेको बल पोलमा लगेर पर्किएपछि भरगसले हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काउनु भयो । अर्जेन्टिाले अग्रता जोगाउन नसक्दा चिलीसँग समान १ अंक बाँडेको हो ।
पाराग्वेको ३ अंक
ग्रुप वि कै अर्को खेलमा पाराग्वेले बोलिभियालाई ३–१ गोल अन्तरले हराएको छ ।
बोलिभियाले ९ मिनेटमा सर्भेदाको पेनाल्टी गालेबाट अग्रता लिएको थियो । ६१ मिनेटमा अलजेन्ड्रो रोमेरोले १ गोल गर्दै खेल बराबरीमा फर्कियो । ६४ मिनेटमा रोर्डिगो रोमेरोले गोल थपेपछी अग्रता कायम गरेको पाराग्वे ७९ मिनेटमा रोर्डिगो रामेरोकै व्यक्तिगत दोस्रो गोल सँगै ३–१ ले विजय भयो ।
ग्रुप बि मा पाराग्वे ३ अंक सहित शिर्ष स्थान कायम गरेको छ भने अर्जेन्टिना र चिली समान १ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेको छन् ।