प्यूठान, १९ असार । युरो कप २०२० मा स्पेनले स्वीटजरल्याण्डलाई पेनाल्टीमा हराएर सेमिफाइनलमा पुगेको छ । उपहार गोल पाएको स्पेनले १–१ को बराबरी भएपछि पेनाल्टीबाट विजेता छान्नु परेको थियो । पेनाल्टीमा स्पेनले ५ पेनाल्टीबाट ३ गोल र स्वीटजरल्याण्डले ४ पेनाल्टीमा १ गोल मात्र गरेको हो ।
त्यस्तै इटलीले बेल्जियमलाई २–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इटली विरुद्ध स्पेन जुलाई ७ को नेपाली समय अनुसार राती १२ः४५ मा खेल्ने भएका छन् ।
आज राती युरो कप क्वाटर फाइनमा २ खेल हुँदैछन् । ९ः४५ मा चेक रिपव्लिक विरुद्ध डेनमार्क र १२ः४५ मा युक्रेन विरुद्ध इङल्याण्ड खेल्दै छन् । यी खेल सँगै सृेमिफानइनको समिकरण पनि पुरा हुनेछ ।