प्यूठान, ७ साउन । आरम्भ चौतारी लघु वित्तले आफ्नो एक जना सदस्यको ऋण मिनाह गरिदिएको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नं. ९ मा रहेको वित्तिय संस्थाले सरुमारानी गाउँपालिका वडा नं. ६ निवासी रेखी ठेडीमगरको एक लाख ५० हजार ऋण मिनाह गरिदिएको हो ।
पाङबाङ मा गठित केन्द्र नं ०४६ कि सदस्य मगरले किराना व्यवसायका लागि ऋण रकम लिएकोमा सदस्यको मृत्यु भएपछि संस्थाले ऋण मिनाह गरिदिएको शाखा प्रबन्धक लेखनाथ आचार्यले बताउनुभयो । साथै संस्थाले काजकिरीया खर्च स्वरुप २५ हजार रुपियाँ मृतकका श्रीमान मिन बहादुर ठेडीमगरलाई हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभयो ।
