प्यूठान, १३ असार
प्यूठान जिल्लामा दुईजना शुरक्षा कर्मिमा समेत कोरोना भाइरसको सक्रमण देखिएको छ ।
शनिवार बिहान आएको ४७ जना संक्रमण रिपोर्ट मध्य माण्डवी गाउँपालिकामा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनु भएको छ ।
दुबै जना देबिस्थान स्वास्थ्य चौकीमा रहेर भारत बाट आएका लाई व्यवस्थापन गर्दै आएका अध्यक्ष रोकाले जानकारी दिनुभएको छ । उनिहरु दुबै जना पुरुष रहेका छन् ।
