प्यूठान, ८ जेठ । राष्ट्रिय यूवा संघ नेपाल जिल्ला कमिटि प्यूठानले प्यूठान नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघले २० लिटर स्यानिटाईजर र १ हजार ५ सय पीस मास्क उपलब्ध गराएको हो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि प्यूठानका संयोजक विश्येक थापाले नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीलाई सामाग्री हस्तान्तरण गर्नुभयाे ।
कोरोना भाईरसको संक्रमण बढ्दै गएको भन्दै यसबाट बच्न सवैले आ–आफ्नो ठाऊँबाट भुमिका निर्वाह गर्नुपर्ने भन्दै सामाग्री प्रदान गरेको संघका संयोजक थापाले बताउनुभयो ।
भाईरसको महामारीबाट बच्न स्वतःस्फुर्त सहयोग प्राप्त भैरहेको भन्दै मेयर कक्षपतीले संघलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
