> समाज > प्यूठानमा थप ४५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १६९ पुग्यो


प्यूठानमा थप ४५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १६९ पुग्यो

प्यूठान, ८ असार । प्यूठानमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा सोमवार गरिएको परिक्षणमा प्यूठानका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य निरिक्षक कोशल बैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार स्वर्गद्वारी नगरपालिकाका १२ जना, प्यूठान नगरपालिकाका १८ जना, मल्लरानी गाउँपालिकाका ५, ऐरावति गाउँपालिकाका ८ जना र नौवहिनी गाउँपालिकाका २ जना रहेका छन् । मल्लरानी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

]यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १६९ पुगेको छ ।

जिल्लामा सोमवार मात्रै २३ जना नयाँ संक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *