प्युठान, १ कात्तिक । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्यूठानमा व्यवसाय प्रवद्र्धन गर्नका लागि अनुदान वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रभावले व्यवसाय संकटमा परेका तथा व्यवसाय प्रवद्र्धन गर्ने योजना बनाएका सदस्यहरुलाई संस्थागत ग्राहक संरक्षण कोषबाट अनुदान वितरण गरिएको हो।
ऐरावती गाउँपालिका र प्युठान नगरपालिका, झिमरुक गाउँपालिका र नौवहिनी गाउँपालिकामा सोही स्थानीय तहका शाखा अन्र्तगत विभिन्न
अनुदानका सामाग्रीहरु वितरण गरिएको जिल्ला संयोजक यमलाल डागीले बताउनुभयो । चार स्थानीय तहमा ९ लाख ५८ हजार ३७६ रुपियाँ बराबरको अनुदान सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार बोयर बोका ११ वटा, स्प्रे टंयाकी २१ वटा, विरुवा रोप्ने मेसिन १८ वटा, हाते टयाक्टर १ वटा र आलुको बिउ ४ क्विन्टल वितरण गरिएको हो । यसअन्र्तगत ४ लाख ४५ हजार रुपियाँ बराबरको नगद र बाकी रकमको जिन्सी सामाग्री वितरण गरिएको हो । संस्था मार्फत यस पूर्व स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकामा पनि अनुदानका सामाग्री वितरण गरिएको थियो ।
संस्थाले ०६७ सालदेखी जिल्लामा वित्तिय क्षेत्रमा काम गर्दै आएको छ । साथै महिलाहरुलाई व्यवसायमा जोड्ने, बचत गर्ने बानीको विकास, सानो रकमहरुलाई विना धितोमा प्रदान गरेर व्यवसायमा सहयोग गरेको जिल्ला संयोजक डागीले बताउनुभयो । जिल्लाभर ११ हजार ६ सय सदस्य यो संस्थामा आवद्ध रहेका छन् ।
