> राष्ट्रिय > नियमित सार्वजनिक सुनुवाइ गर्दै सरुमारानी गाउँपालिका


नियमित सार्वजनिक सुनुवाइ गर्दै सरुमारानी गाउँपालिका

प्युठान । जिल्लाको सरुमारनी गाउँपालिकाले नियमित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ ।

चौमासिक रुपमा पालिकाले गर्दै आएको कामको सार्वजनिक सुनुवाइ गर्दै आएको हो ।


यस चालू आर्थिक वर्षको प्रथम सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । युथ मिडिया डेभलपमेन्ट सेन्टर नेपालले सहजीकरण गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मिले उठेका सवालको जवाफ दिनु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले चौमासिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा बहिर्गमन अभिमत पत्र र नागरिक प्रतिबेदन पत्रमा सडक, खानेपानी, बिद्यालय, अनुदान लगायतका सवाल आएका थिए । कार्यक्रमको सन्चालन पत्रकार प्रज्वल पहाडीले गर्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *