प्यूठान, २६ बैशाख । स्वर्गद्धारी नगरपालिकाका २ जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।
स्वर्गद्धारी नगरापालिका १ र स्वर्गद्धारी नगरपालिका ३ का दुई जना महिलाको मृत्यु भएको भिंगृ प्राथमिक स्वास्थ्य केन्द्रका अहेव मुकुल कवरले जानकारी दिनुभयो ।
स्वर्गद्धारी नगरपालिका १ कोचिवाङका ३० वर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । अहेब कुवरका अनुसार स्वर्गद्धारी नगरपालिका ३ की ७८ वर्षीया महिलाको होम आइसोलेशनमा मृत्यु भएको हो ।
दोस्रो चरणको महामारीबाट स्वर्गद्धारी नगरपालिकामा हालसम्म ७ जनाको मृत्यु भएको छ । हालसम्म १६२ जना संक्रमित पुगेका छन् । ६ जना संक्रमितको आइशोलेसनमा उपचार भइरहेको छ ।
यसैबीच, ऐरावती गाउँपालिका-४ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।