> समाज > प्रेस चौतारी प्यूठानको अधिवेशन पुस २२ गते गर्ने निर्णय


प्रेस चौतारी प्यूठानको अधिवेशन पुस २२ गते गर्ने निर्णय

प्यूठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अधिवेशन पुस २२ गते हुने भएको छ । चौतारीको आज बसेको बैठकले २२ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

 

अधिवेशन सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । चौतारीमा आवद्ध जिल्लाका सवै सदस्यहरुको सदस्यता नविकरण गरिने समेत चौतारीले जनाएको छ ।

 

प्रेस चौतारी प्यूठानका संयोजक नोमराज पौडेलको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथी नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज, प्रेस चौतारीका पूर्व इन्चार्ज सूर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

 

प्रमुख अतिथी थापाले संगठनलाई थप व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

 

देशभरको जिल्ला अधिवेशन पुस २९ गतेभित्र गरिसक्न केन्द्रीय समितिले निर्णय गरेको छ । यसपछि प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशन पोखरामा माघको अन्तिम साता हुन लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *