राष्ट्रियराजनीति

सामाजिक प्लेटफर्महरु प्रतिवन्ध, नियन्त्रण होइन नियमन हुन्छ : सांसद थापा

प्यूठान । सामाजिक प्लेटफर्महरु लाई प्रतिवन्ध र नियन्त्रण गर्नका लागि नभई नियमनका लागि सरकारले सामाजिक सञ्जाल सम्वन्धी कानुन बनाउन लागेको प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताउनुभएकोछ ।

बिहिवार प्यूठानको विजुवारमा प्रेस चौतारी नेपाल प्यूठानको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उहाँले सामाजिक प्लेटफर्म मार्फत हुने गरेको अराजकता रोक्नका लागि त्यसको नियमन आवश्यक रहेको औल्याउनुभयो । ‘प्रतिवन्ध हुन्न, नियन्त्रण हुन्न नियमन हुन्छ ।’ ,उहाँले भन्नुभयो, ‘नियमन वेगरको वेलगाम छाडा, अस्लिल, चरित्रहत्या यो कुकर्म गर्नेले कुनै उन्मुक्ति पाउँदैन ।’

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य सूर्य थापा

सरकारमा हुने वेला टिकटक प्रतिवन्ध लगाउनेहरुले अहिले स्वतन्त्रताको ठूल्ठुला गफ गरिरहेको उहाँको भनाई थियो । ‘दुरुपयोग हुने बाटाको मादल जस्तो हामी मिडियालाई हुन दिँदैनौं ।’ ,उहाँले भन्नुभयो, ‘सोसल मिडिया सम्वन्धी कानुनलाई सरोकारवालासँग छलफल पुगेको छैन भने छलफल गरिन्छ, सच्चाईन्छ तर नियमन हुन्न भन्ने कुरा हुँदैन ।’

राष्ट्रिय सभाबाट पारिद भएको मिडिया काउन्सील विधेयक प्रतिनिधि सभामा आवश्यक संशोधन हुने उहाँले विश्वास दिलाउनुभयो । नियमनकारी निकायलाई शोभनिय नहुने खालका प्रवन्धहरुलाई प्रतिनिधि सभा मार्फत संशोधन गर्ने उहाँको भनाई थियो ।

Related Articles

Back to top button