प्यूठान, २ भाद्र । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ ।
घिमिरेको १०१ वर्षको उमेरमा आज साझ ५ ः ५५ बजेको समयमा आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
वि.सं. १९७६ असोज ७ मा लम्जुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेको नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय मानिन्छन् ।
