> राष्ट्रिय > प्यूठानमा बैशाख ७ र ८ गते कोरोनाको दोस्रो मात्रा खोप लगाइने


प्यूठानमा बैशाख ७ र ८ गते कोरोनाको दोस्रो मात्रा खोप लगाइने

प्यूठान, ३ वैशाख । प्यूठानमा बैशाख ७ र ८ गते कोरोनाको दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सूचना जारी गरि बैशाख ७ र ८ गते जिल्लाका सवै स्थानीय तहमा खोपकेन्द्र निर्धारण गरिएको जनाएको छ ।

कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि निजामति कर्मचारी, स्थानीय तहका कर्मचारीलाई खोप दिइनेछ ।

 

त्यसैगरी नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, प्राधिकरण तथा संस्थानका कर्मचारी, बैंक तथा वित्तिय निकायमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, पत्रकारलाई दोस्रो चरणको खोप लगाउन लागिएको हो ।

 

प्यूठान नगरपालिकाको सापडाँडा स्वास्थ्य चौकी, स्वर्गद्धारी नगरपालिकाको भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, गौमुखी गाउँपालिकाको पुँजा स्वास्थ्य चौकी, झिमरुक गाउँपालिकाको ओखरकोट स्वास्थ्य चौकी, नौबहिनी गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई बाहाने केन्द्र तोकिएको छ ।

 

त्यसैगरी मल्लरानी गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र खलंगा, ऐरावती गाउँपालिकाको बरौला स्वास्थ्य चौकी, माण्डवी गाउँपालिकाको देविस्थान स्वास्थ्य चौकी र सरुमारानी गाउँपालिकाको बड्डाँडा आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई खोप केन्द्र तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *