> समाज > प्यूठानका ६४ वडामा हरित स्वयंसेवक परिचालन


प्यूठानका ६४ वडामा हरित स्वयंसेवक परिचालन

प्यूठान, ३ वैशाख । प्यूठानका ६४ वडामा हरित स्वयंसेवक परिचालन गरिएको छ ।

कृषि र पशुपालन क्षेत्रको प्रर्वद्धनका लागि जिल्लाका सवै वडामा एक÷एक जना हरित स्वयंसेवक छनौट गरि परिचालन गरिएको एकीकृत कृषि तथा पशुपन्छी कार्यालय प्यूठानले जनाएको छ ।

 

कार्यालय प्रमुख डाक्टर उत्तम आचार्यले लुम्बिनी प्रदेशको कार्यक्रम अन्र्तगत प्रत्येक हरित स्वयंसेवकलाई ५० हजार रुपियाँ अनुदान दिइएको समेत बताउनुभयो । उक्त रकममा थप ५० हजार लगानी गरि हरित स्वयंसेवकले आफूले गर्दै आएको कृषि तथा पशुपालन व्यवसायलाई थप प्रर्वद्धन गर्ने कार्यक्रम रहेको छ ।

 

जिल्लामा कतिपय हरित स्वयंसेवकले राजीनामा समेत दिएको डाक्टर आचार्यले जानकारी दिनुभयो । हरित स्वयंसेवकलाई वडाको तथ्यांक संकलन, कृषि तथा पशुपालन सम्वन्धी कार्यक्रममा संलग्न गराउने लगायतको काम गर्दै आएको कार्यालयले जनाएको छ ।

 

हरित स्वयंसेवकले आफूले नमुना काम गर्ने र समुदायका अन्य किसानलाई नमुना बन्न उत्प्रेरित गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकारले कार्यक्रम तय गरेको डाक्टर उत्तम आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *