> Banner > प्यूठानमा अबैध श्रीखण्डसहित एक जना पक्राउ


प्यूठानमा अबैध श्रीखण्डसहित एक जना पक्राउ

प्यूठान, ४ चैत्र । प्यूठानको माण्डवी गाउँपालिका ३ चकचकेबाट प्रहरीले अवैध श्रीखण्डको काठ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ठूलावेशीबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख १२०० नं.को बसमा अबैध काठ लैजाँदै गर्दा पक्राउ गरेको हो ।

५८ किलो १३ ग्राम अवैध श्रीखण्डको काठ सहित प्यूठान नगरपालिका वडा नं. २ क्वाडीका ललित पाण्डे पक्राउ परेका प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो ।

 

विशेष सूचनाको आधारमा चकचके विटबाट खटिएको प्रहरी र इलाका वन कार्यालयका सहायक वन अधिकृत नविन कुमार यादवको संयुक्त टोलीले खान तलासी गर्दा अवैध काठ फेला परेको हो ।

 

१७४ केजीको छुट पुर्जि भएपनि ५८ किलो १३ ग्राम श्रीखण्ड काठ अवैध रहेको सहायक वन अधिकृत नविन कुमार यादवले जानकारी दिनुभयो । कानुन बमोजिम प्रक्रिया अघि बढाईने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *