प्यूठान, १९ चैत । गौमुखी गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको विजेता गौमुखी माध्यमिक विद्यालय ठुलावेशी भएको छ ।
प्रतियोगितामा गौमुखी माध्यमिक विद्यालयले रनिङशिल्ड जितेको हो । गौमुखी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा ११ विधाका खेल आयोजना गरिएको थियो । पालिका भित्रका ६ वटा विद्यालयले भाग लिएका थिए ।
