प्यूठान, १८ चैत । झिमरुक गाउँपालिका वडा नम्वर ३ मा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
झिमरुक गाउँपालिका–२ कमेरपानी निवासीय २९ वर्षीया धरविनद्र सामतको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते सामतको उपचारका लागि वुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मंगलबार साँझ साढे ८ बजे रोटेपानी भन्ने स्थानमा लु ३ त १०८३ नम्वरको ट्याक्टर दुर्घटना भएको थियो । मच्छीबाट बाँधिकोट सामान लगेर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीको भनाई छ । साढे ८ रोटेपानी मच्छीबाट बाँधिकोट जाँदै गरेको थियो ।
दुर्घटनामा घाइते ३४ वर्षीय प्रेम सामतको बुटवलमा उपचार भैरहेको छ भने २० वर्षीया कृष्णा क्षेत्रीको प्यूठान अस्पतालमा उपचारपछि डिस्चार्ज भएको प्रहरीको भनाई छ । ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
