प्युठान । प्युठानमा भर्खरै मतगणना शुरु भएको छ ।
२ वटा बुथमा प्रतिनिधि शभाको प्रत्यक्षको मतपत्र दिनुपर्ने ठाउँमा प्रदेश शभाको प्रत्यक्षको मतपत्र दिएको भन्दै विवाद भएको थियो । त्यसैगरी मत पेटिका फुटेको, सिल तोडिएको विषयमा समेत विवाद भएको थियो ।
सोमबार बेलुका मतगणना गर्ने सहमति भएपछि आचारसंहिता तयार गरिएको थियो । निर्वाचन आयोगले फरक मत पेटिकामा खसेको फरक मतपत्र बदर हुने निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
प्रतिनिधि शभाको ३ ठाउँमा र प्रदेश सभाको २ ठाउँमा मत गन्न थालिएको छ । शुरूवातमा नौबहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकाको बुथको मतगणना गरिने भएको छ ।
प्युठानमा ८८ हजर ९ सय ९८ मत खसेको छ ।
