> राष्ट्रिय > काठमाण्डौबाट छुटेको गाडी सदरमुकाम खलंगा नपुगेपछि


काठमाण्डौबाट छुटेको गाडी सदरमुकाम खलंगा नपुगेपछि

प्यूठान । संघीय राजधानी काठमाण्डौका लागि सदरमुकाम खलंगाबाट दैनिक बेलुका ४ः३० मा रात्री बस छुट्छ । काठमाण्डौ जाने यात्रुहरुले उक्त बसबाट नियमित रुपमा यात्राको सुविधा पाएका छन् ।

 

तर, काठमाण्डौबाट खलंगा आउन भने यात्रुलाई सकस छ । काठमाण्डौबाट खलंगाका लागि रात्री बसको सुविधा भएपनि उक्त बस गन्तव्यसम्म नपुग्ने होकी भन्ने चिन्ता यात्रुलाई हुन्छ । काठमाण्डौबाट छुटेका प्रायः बस खलंगा उक्लिदैनन् । बरु खलंगा आउने यात्रु बाग्दुलामै झर्छन् । उनीहरु सानो गाडीमा चढेर खलंगा पुग्नुपर्ने बाध्यता छ ।

 

उक्त विषयमा यात्रुको गुनासो बढेपछि खलंगा सरोकार समुहले मल्लरानी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित जिल्ला प्रशासन कार्यालयमा आज छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बसेको बैठकले लामो दुरिका सवारीसाधन गन्तव्य सम्म पुर्‍याउने गरि यातायात व्यववसायीले व्यवस्था गर्ने निणर्य गरेको छ । यसअघि पनि पटक पटक उक्त विषयमा छलफल भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *