प्यूठान, १५ जेठ ।
प्यूठानका विभिन्न क्वारेन्टाईनमा रहेकाहरुको संख्या चार हजार नाघेको छ । बुधवार राती सम्मको तथ्यांक अनुसार क्वारेन्टाईनमा बस्नेहरुको संख्या ४ हजार १ सय ३१ पुगेको छ ।
विशेषगरी भारतका विभिन्न ठाऊँहरुबाट सिमा नाकासम्म आएकाहरुलाई स्थानीय सरकारहरुले सवारी साधनको व्यवस्था गरी क्वारेन्टाईनमा ल्याई राखेका हुन् ।
बुधवार साँझसम्मको तथ्यांक अनुसार प्यूठान नगरपालिकामा ६४१, स्वर्गद्धारी नगरपालिकामा ४४५, माण्डवी गाउँपालिकामा ४१२, ऐरावती गाउँपालिकामा ८३१, सरुमारानी गाउँपालिकामा ४२२, मल्लरानी गाउँपलिाकामा ३६४, गौमुखी गाउँपालिकामा १६९, झिमरुक गाउँपालिकामा ४२३, नौबहिनी गाउँपलिकामा ३३० जना रहेका छन् ।
यसैवीच मल्लरानी गाउँपालिकामा क्वारेन्टाईनमा रहेकाहरुको संख्यामा बृद्धि भएको छ । बुधवार राती सम्मगरी ४५८ पुगेको छ । योसँगै प्यूठानमा क्वारेन्टाईनमा रहेकाहरुको संख्या ४ हजार १ सय ३१ पुगेको हो ।
