प्यूठान, १७ फागुन । प्यूठान अस्पताल विजुवारमा सुत्केरीको मृत्युपछि उत्पन्न विवाद समाधान गर्ने सहमति भएलगत्तै पुनः स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै सोमबार आकस्मिक बाहेकको सेवा ठप्प पारेका छन् ।
अस्पतालका कर्मचारीले विज्ञप्ती निकालेर सुरक्षाको प्रत्याभुति नभएसम्मको लागि अनिश्ििचतकालिन सेवा बन्द गर्ने जनाएका छन् । विज्ञप्तीमा विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दबाव दिएर माफी माग्न बाध्य बनाइएको समेत उल्लेख छ ।
५ लाखको अक्षयकोष
नवजात शिसुको स्वास्थ्य, शिक्षा, बचाउ र सर्वोत्तम हितका लागि न्यूनतम पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने पीडित पक्ष र सरोकारवालाबीच आईतबार सहमति भएको छ ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको नेतृत्वमा जिल्लाका स्थानीय तह, संघसंस्थासँगको समन्वयमा कोष स्थापना गर्ने सहमति भएको हो ।
