राष्ट्रियसमाज

पार्टी एकतालाई जोड दिदै प्यूठानमा बैठक सम्पन्न

प्यूठान, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियान प्यूठानको बैठक जिल्ला संयोजक टिका बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैठकले नेकपाको दुवै समुहलाई एकताको निम्ती तयार हुन र नेकपाभित्रबाट नै प्रधानमन्त्रीको खोजी गरिनुपर्नेमा जोड दिइएको जिल्ला इन्चार्ज इमान सिंह भारतीले जानकारी दिनुभयो । पार्टी गुटमा परिणत भएपनि पार्टी अलग नभएकोले दोस्रो पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्नुपर्ने अभियानका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य विजय विराज विष्टले बताउनुभयो ।

 

साथै बैठकले जिल्ला सम्पादन समिति चयन गरेको इन्चार्ज भारतीले बताउनुभयो । जसमा टिका बहादुर गुरुङ, मान बहादुर जि.सी, शान्ता आचार्य, आकाश भण्डारी, चित्रकलि बुढा, डिलाराम थापा, डि.के पोख्रेल, तिलक हमाल, धन वहादुर पुन, विजय पण्डित, पशुपति नारायण नकर्मी, धनेन्द्र कार्की, नविन जि.सी, भरत रावत, भुप बहादुर पुन, माधव पौडेल, याम बहादुर घिमिरे, विदेव गिरी, पदम खड्का, विष्णु लवट, हिरामणि भण्डारी, लिलामणि रेग्मी र बसन्ता आचार्य रहेका छन् ।

 

यसैगरी बैठकले टिका बहादुर गुरुङको संयोजकत्वमा १०१ सदस्यीय अभियान जिल्ला कमिटि गठन गर्नूका साथै ९ वटै स्थानिय तहहरुमा अभियान इन्चार्जसमेत तोकिएको छ । जसमा गौमुखीमा मान वहादुर जि.सी, झिमरुकमा धन वहादुर पुन, नौवहिनीमा इश्वर कुमार थापा, प्यूठानमा डि.के पोख्रेल, मल्लरानीमा भुप वहादुर पुन, ऐरावतिमा बसन्ता आचार्य, सरुमारानीमा याम वहादुर घिमिरे, माण्डवीमा धनेन्द्र कार्की र स्वर्गद्वारीमा भरत रावत रहेका छन् ।

 

फागुन भरिमा जिल्लाका सवै स्थानिय तहहरुमा अभियानका कमिटिहरु निमार्ण गरिने इन्चार्ज भारतीले बताउनु भयो ।

Related Articles

Back to top button