> समाज > आरडिटीबाट ६० जनाको परीक्षण, सवैको नतिजा नेगेटिभ


आरडिटीबाट ६० जनाको परीक्षण, सवैको नतिजा नेगेटिभ

प्यूठान, ३ बैशाख ।
यापिट डायग्नोेष्टिक टेष्ट (आरडिटी) किट मार्फत प्यूठानमा हालसम्म ६० जनाको परीक्षण गरिएको छ । जिल्लाका विभिन्न क्वारन्टाईनमा बसेकाहरुको परीक्षण नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ ।

उनीहरुलाई थप एक हप्ता होम क्वारेन्टाईनमा बस्न लिखित सम्झौता गरी घर पठाईएको हो । बुधवार सम्ममा ऐरावती गाउँपालिकाले २६ जनालाई र स्वर्गद्धारी नगरपालिकाले ३४ जना परीक्षण पश्चात घर पठाएको छ ।

परीक्षणमा नतिजा नेगेटिभ आएका ६० जनालाई घर पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।

४४ जना अझै क्वारेन्टाईनमा
जिल्लाका विभिन्न स्थानिय तहमा गरि ४४ जनालाई अझै क्वारेन्टाईनमा राखिएको छ । स्वर्गद्धारी नगरपालिकामा १७, प्यूठान नगरपालिकामा १, ऐरावती गाउँपालिका ३, सरुमारानी गाउँपालिकामा १२, नौवहिनी गाउँपालिकामा ५, झिमरुक गाउँपालिकामा २, माण्डवी गाउँपालिकामा ३ र गौमुखीमा १ जना व्यक्तिलाई क्वारेन्टाईमा राखिएको सहायक प्रजिअ पन्थीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!