> राष्ट्रिय > आन्दोलन तथा भेलाका समाचार सामग्रीबारे प्रेस काउन्सिलको ध्यानाकर्षण


आन्दोलन तथा भेलाका समाचार सामग्रीबारे प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाण्डौ, २२ पुस । पछिल्लो राजनीतिक घटनाक्रममा दल तथा नेताहरूबाट प्रयोग भएका भनिएका भाषा, शब्द, आन्दोलनका नारालगायतका विषयमा प्रकाशित÷प्रसारित समाचारहरूप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले बुधबार एक अपिल जारी गर्दै पत्रकार आचारसंहिता नै प्रभावित हुनेगरी सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएको जनाएको छ ।

‘कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उप–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराद्धारा जारी अपिलमा भनिएको छ ।

काउन्सिलले बैठक भेला तथा आन्दोलनका समाचार सम्प्रेषण तथा प्रचारप्रसार गर्दा अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पु¥याउने गरी सम्प्रेषण नगर्न भनेको छ ।

‘तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पु¥याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पु¥याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पु¥याउने गरी सामग्री सम्प्रेषण गर्नु÷गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने हुँदा तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो ।’ काउन्सिलको अपिलमा भनिएको छ, ‘सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्नु÷गराउनुहुन आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक अपिल गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *