> समाज > सवारी बोकेको एम्बुलेन्स नियन्त्रणमा


सवारी बोकेको एम्बुलेन्स नियन्त्रणमा

प्यूठान, २ बैशाख ।
सवारी बोकेको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा एम्बुलेन्सहरुको दुरुपयोग बढेको गुनासो आएसँगै प्रहरीले चेकजाँकलाई कडाई गरेको थियो ।

व्यापारिक केन्द्र बाग्दुलामा जिल्ला विभिन्न ठाउँका ५ जना यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलले बताउनुभयो ।

भारतीय भुपु सैनिकबाट सञ्चालित लु १ च २१३६ नं को एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय खलंगामा राखिएको छ । लक डाउनका समयमा यात्रु बोकेको शंका लागेपछि प्रहरी सोधपुछ गरेको थियो । कार्यवाही प्रक्रिया अघि कसरी बढाउने विषयमा समन्वय भैरहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *