प्यूठान । प्यूठान जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध मुद्धा सम्वन्ध विच्छेदका रहेका छ्न । अदालत सार्बजनिक गरेको तथ्यांक अनुसार ४० प्रतिसत मुद्वा सम्बन्ध विच्छेदका रहेको पाइएको छ ।
आव २०८२/८३ मा स कुल ८४९ मुद्धा मध्ये ३४६ वटा मुद्धा सम्वन्ध विच्छेदको रहेको छ । जसमध्ये २८१ वटा मुद्धा फछ्यौट भएको श्रेस्तेदार राजेन्द्र कुमार शर्माले जानकारी दिनुभयो । बाल विवाह, बैदेशिक रोजगारी लगायतका कारण सम्वन्ध विच्छेदका घटना हुने गरेको अदालतको बुझाइ छ ।
अन्य जबर्जस्ती करणी, अंश, बहुबिवाह, कर्तव्य ज्यान, सवारी ज्यान लगायत सम्बन्धि मुद्वा रहेका छ्न । वार्षिक लक्ष्य भन्दा बढी मुद्धा फछ्यौट गरिएको अदालतले जनाएको छ । चालु आर्थिक वर्षमा ५४४ मुद्धा फछ्यौट गर्ने लक्ष्य लिएको अदालतले ५८७ मुद्धा फछ्यौट गरेको हो ।
अदालतमा दुई वर्ष समय नाघेका कुनै पनि मुद्धा नरहेको श्रेस्तेदार शर्माले जानकारी दिनुभयो ।






