> राजनीति > प्रेस संगठन प्यूठानको दोस्रो भेला : प्रतिगामी कदम विरुद्ध एकवद्ध हुन आह्वान


प्रेस संगठन प्यूठानको दोस्रो भेला : प्रतिगामी कदम विरुद्ध एकवद्ध हुन आह्वान

प्यूठान, १९ माघ । प्रेस संगठन प्यूठानको दोस्रो भेलाले मुलुक प्रतिगमनको दिशातर्फ उन्मुख भएको भन्दै त्यसको विरुद्ध एकवद्ध हुन सवै पक्षलाई आह्वान गरेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा संसद विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरेसँगै मुलुकमा अस्थिरता र अन्यौलता सृजना भएको भन्दै त्यसप्रकारको गतिविधि विरुद्ध एकतावद्ध हुन सम्वद्ध सवै पक्षलाई आह्वान गरेको हो ।

भेलाले तीन बुँदे घोषणापत्र जारी गर्दै प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै सम्पूणर् पेशाकर्मी, बुद्धिजिवी, पत्रकार, नागरिक समाज, व्यवसायी, राजनीतिक दल र आम जनसमुदायलाई उक्त कदम विरुद्ध एकाकार हुन आग्रह गरेको छ ।

संसद विघटन पश्चात सरकार र अन्य विभिन्न पक्षबाट प्रेस तथा स्वतन्त्रता विरोधी गतिविधि भएको प्रति गम्भीर चिन्ता प्रकट गर्दै नागरिकको बोल्न पाउने अधिकार सहित संविधान प्रदत्त पे्रस तथा अभिव्यक्ति स्वतन्त्तताको हकको सम्मान तथा सुनिश्चिता गर्न भेलाले माग गरेको छ ।
त्यसैगरि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निरन्तर पैरवी गर्दै पत्रकारको हकहित संरक्षण गर्न र पत्रकार सँग सम्वन्धित विभिन्न

गतिविधिहरुमा प्रेस संगठन नेपाल एकताबद्ध भएर अगाडी बढ्ने भेलाले प्रतिवद्धता व्यक्त गरेको छ ।

कार्यक्रममा प्रेस संगठन नेपाल प्यूठानका सह संयोजक विजयसिंह भारतीको अध्ध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश कमटी सचिवालय सदस्य नारायण अधिकाको प्रमुख आतिथ्यता रहेको थियो । बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि मुलुकलाई प्रतिगमन तर्फ धकेलेको भन्दै सञ्चार जगतले सही र गलत के हो भनेर जनतालाई बुझाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *