प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले गरेको निबन्ध प्रतियोगिताका बिजेताहरुलाई आइतवार एक कार्यक्रमका बीच पुरस्कार बितरण गरिएको छ ।
सुरक्षित समाजका लागि सकारात्मक सोच बिषयक निबन्ध लेखन प्रतियोगितामा प्रथम छात्र तर्फ प्रथम प्यूठान क्याम्पसका प्रमोद वलि र छात्रा तर्फ गौमुखी क्याम्पसका रबिना बिश्व्कर्मालाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिजेतालाइ नगद पाँच हजार प्रदान गरिएको थियो ।
प्रतियोगितामा जिल्लाका पाँच वटा क्याम्पसबाट ९ जनाको सहभागिता रहेको थियो ।
कर्ण सकारात्मक सोच प्यूठानको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
