> राष्ट्रिय > देशभर ४८ हजारको आरडीटी जाँच


देशभर ४८ हजारको आरडीटी जाँच

प्यूठान, २० बैशाख ।
सरकारले देशभरका ४८ हजार व्यक्तिको आरडीटी माध्यमबाट कोरोना संक्रमणको जाँच गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८ हजार पाँच सय २९ जनाको आरडीटी परीक्षण गरिएको हो ।

मन्त्रालयका प्रवत्ता डा.विकास देवकोटाका अनुसार प्रदेश १ मा पाँच हजार दुई सय ८२, प्रदेश २ मा पाँच हजार छ सय ८७, बाग्मती प्रदेशमा पाँच हजार पाँच सय १५, गण्डकी प्रदेशमा पाँच हजार चार सय ११, प्रदेश ५ मा चार हजार दुई सय ४०, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ७१ र सुदुरपश्चिममा १३ हजार आठ सय २३ जनाको परीक्षण गरिएको छ ।

त्यसैगरी पीसीआर विधिबाट १३ हजार ९८ जनाको नमना परीक्षण गरिएको छ । देशभर १७ वटा ठाउँमा प्रयोगशाला स्थापना गरि पीसीआर परीक्षण जारी राखिएको डा.देवकोटाले बताउनुभयो । हाल देशभर २२ हजार नौ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म ४९ पुरष र १० महिला गरि ५९ जनालाई संक्रमणको पुष्टि भएको छ । तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएको डा.देवकोटाले जानकारी दिनुभयो ।

हाल रुपन्देहीमा १, बाँकेमा १, धनगढीमा १, भरतपुरमा १, विरगञ्जमा ८ र विराटनगरमा ३१ गरि ४३ जना संक्रमित उपचारमा रहेका छन् । सवैको स्वास्थ्य स्थिति सामान्य नै रहेको डा. देवकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *