> समाज > क्वारेन्टाईनका लागि व्यवसायीहरुको सहयोग


क्वारेन्टाईनका लागि व्यवसायीहरुको सहयोग

प्यूठान, १६ चैत्र ।
कोरोना भाईरसको सम्भावित संक्रमितहरुका लागि स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाईनमा प्राप्त सामाग्रीहरु छैनन् । क्वारेन्टाईनका लागि क्षेत्र निर्धारण गरिएको भए पनि त्यसका लागि आवश्यक लत्ता कपडा, खाना, स्वास्थ्यकर्मी तथा विरामीका लागि सुरक्षाका सामाग्रीहरु प्रयाप्त छैन ।

प्यूठान नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईन संचालनका लागि व्यवसायीहरुले सहयोग गर्न थालेका छन् । शनिवार प्यूठान प्रतिष्ठित व्यापारी केदारमान कक्षपती र युवा व्यवसायी सन्देश आचार्यले १०÷१० सेट कपडा उपलब्ध गराउनुभएको छ ।

२० वेडलाई पुग्ने म्याट, ओड्ने ओछ्याउने कपडा, सिरानी लागयत सामाग्री प्रदान गर्नुभएको छ । सहयोग सामाग्री ग्रहण गर्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतीले विपत्तको यस समयमा सवैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग उपलब्ध गराएको केदारमान कक्षपतीले बताउनुभयो । कक्षपती प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुनुहुन्छ । सन्देश आचार्य, हाम्रो राम्रो गु्रपका अध्यक्ष एवं हाम्रो राम्रो डेकोरका संचालन हुनुहुन्छ ।

यस्तै राज डेकोर होम विजुवारका संचालन युवा व्यवसायी झपेन्द्र शर्माले क्वारेन्टाईनका लागि १०÷१० थान ब्लाङ्केट र सिरानी सहयोग उपलब्ध गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!