प्यूठान । प्यूठान जिल्लाका प्रमुख प्रशासकीय अधिकृतहरुले मल्लरानी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतमाथी भएको दुव्र्यवहारको घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् ।
आज संयुक्त विज्ञप्ती जारी गर्दै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी माथी भएको अमानवीय व्यवहार खेद जनक भएको बताएका छन् ।
“अराजनीतिक र अपराधिक गतिविधिबाट कत्तिपनि विचलित नभई सेवा र स्थानीय विकासमा लाग्न स्थानीय सरकारका सवै राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक आह्वान गर्दछौं ।” विज्ञप्तीमा भनिएको छ ।