प्यूठान, २ माघ । २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवशको अवसरमा प्यूठानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बहुप्रकोपीय विपदमा भुकम्पीय सुरक्षा साझा सहकार्यमा जनधनको रक्षा भन्ने नारा सहित अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले संरचना निर्माण गर्दा नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरेमा भुकम्प जादाँ धेरै असर नहुने बताउनु भएको छ ।
उहाँले स्थानिय तह मार्फत संरचना निर्माणमा बिशेष ध्यान दिनु पर्ने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमको अतिथि प्यूठान नगरपालिकाको मेयर अर्जुन कक्षपतिले पुर्वाधार निर्माणमा नगरपालिकाले चासो दिदै आएको बताउनु भएको छ ।
राजनितिक दलको प्रतिनिधी बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको प्रतिनिधी लगायतको सहभागिता रहेको कार्यक्रममा इन्द्रद्व्वज गण प्यूठानले डकुमेन्ट्रि प्रस्तुत गरेको थियो भने शसस्त्र प्रहरी बल प्यूठानले बिपद् आएमा कसरी व्यवस्थापन गर्ने भनेर प्रर्दशनी प्रस्तुत गरेको थियो ।
