> समाज > कोरोना प्यूठान अपडेट : सक्रिय संक्रमित ६ सय बढी


कोरोना प्यूठान अपडेट : सक्रिय संक्रमित ६ सय बढी

प्यूठान, ४ जेठ । प्यूठानमा पछिल्लो तथ्यांक अनुसार ६१२ जना संक्रिय संक्रमित रहेका छन् ।

 

मंगलबारको स्वास्थ्य कार्यालय प्यूठानको अद्यावधिक तथ्यांक अनुसार १७ जना संक्रमित थपिएका छन् । २४ जना संक्रमित निको भएका छन् ।

 

कोभिड–१९ बाट प्यूठानमा हालसम्म ३५ जनाको मृत्यु भएको छ । ६ जना संक्रमितको पहिलो चरणमा र २९ जना संक्रमितको दोस्रो चरणमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *