प्यूठान, १८ साउन । प्यूठान नगरपालिका वडा नं. २ का वडा सदस्य दुर्गा बहादुर धामीको आज विहान निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित उहाँ उपचाररत हुनुहुन्थ्यो ।
उपचारको क्रममा विहान हरिसिद्धि क्यान्सर अस्पताल भक्तपुरमा उहाँको निधन भएको प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो । अन्तिम श्रद्धान्जलीका लागि दिवंगत पार्थिव शरिरलाई भोलि १९ गते विहान ७ बजे वडा कार्यालय दाखाक्वाडीमा राखिने उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा उहाँ साविक नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो ।
तत्कालिन वडा अध्यक्ष खिम बहादुर विष्ट लामो समयमा विरामी हुँदा उहाँले कार्यावहक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।


