> राष्ट्रिय > जन्ती गएर फर्किएका ४५ जना विरामी


जन्ती गएर फर्किएका ४५ जना विरामी

प्यूठान । पाल्पा जन्ती गएर फर्किएका ४५ जना विरामी परेका छन् । प्यूठान नगरपालिका-६ गुरुङ गाउँका स्थानीय विरामी भएपछि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

 

जन्ती गएका घर फर्किएसँगै बान्ता हुने, पखाला लाग्ने भएपछि जिल्ला अस्पताल लगिएको वडा अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो । उनीहरुको हिजो रातीदेखी जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *