> समाज > “युवराज श्रेष्ठ स्मृती अक्षयकोष” स्थापना


“युवराज श्रेष्ठ स्मृती अक्षयकोष” स्थापना

प्यूठान । मल्लरानी गाउँपालिका वडा नं.४ खलंगा स्थित महेन्द्र माध्यमिक विद्यालयमा “युवराज श्रेष्ठ स्मृती अक्षयकोष” स्थापना भएको छ ।

 

स्वर्गीय श्रीमान युवराज श्रेष्ठको स्मृतीमा श्रीमती टेक कुमारी श्रेष्ठ विद्यालयमा ५० हजार रुपियाँको अध्यक्षकोष स्थापना गर्नुभएको हो ।

 

उक्त अक्षय कोषबाट प्रत्येक वर्ष कक्षा ९ बाट उत्र्तिण हुने असहाय, गरीव परिवारको एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ ।

 

श्रेष्ठ परिवारले गरेको सामाजिक कार्यको खलंगा सरोकार समुहले प्रशंसा गरेको छ । आफ्नो समाज र समुदायको लागि सामाजिक कार्य गर्न अरुलाई समेत प्रेरित गर्न समुहले विभिन्न कार्य गर्दै आएको भन्दै उक्त कार्य प्रशंसनीय रहेको समुहका संयोजक मनोज कुमार श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *