> राष्ट्रिय > जंगलि जनवारबाट किसानलाई बालि जोगाउनै मुस्किल


जंगलि जनवारबाट किसानलाई बालि जोगाउनै मुस्किल

बालि जोगाउन करेन्टदेखि बमसम्मको प्रयोग
प्यूठान । किसानहरुलाई आफ्नो बालि जोगाउनै मुस्किल पर्ने गरेको छ । जन्यजन्तुले बालिमा नोक्सान पु¥याउन थालेपछि बालि जोगाउनै मुस्किल परेको हो ।

 

अधिकांस खेतबारी जंगलको छेऊमा हुने भएकाले जंगली जनवारबाट बालि जोगाउन मुस्किलन हुने गरेको प्यूठान नगरपालिका–१० गहतेराका नरबहादुर खड्काले बताउनुभयो । बदेलबाट गहुँ बालि जोगाउन मुस्किल भएपछि गहुँ बालि नै फडानी गर्नुपरेको उहाँले दुखेसो गर्नुभयो । बालिनालीको वेर्नादेखि उत्पादनसम्म बदेल, मृग, बादर, दुम्सी र चराचुरुङ्गीले खाईदिने भएपछि किसानहरुले हैरानी व्यहोर्नुपरेको छ ।

 

नौबहिनी गाउँपालिकाका–८ फोप्लीका गोविन्द सुवेदीले कृषि उत्पादनमा जंगली जनवारको आक्रमणबाट जोगाउन समस्या भएपछि कागति खेती शुरु गरेको बताउनुभयो । ‘८० वर्षिय वुवाको सुझावमा जंगली जनवारबाट जोगाउने उपाए खोज्दै जाँदा कागति खेती शुरु गरे ।’ ,उहाँले भन्नुभयो, ‘तीन वर्ष अघिदेखि २ हजार बोटबाट कागति उत्पादन थालेको हुँ ।’ जंगलि जनवारबाट बालि बचाउन नसकिने भएपछि गाउँका किसानहरु खेतिपाती नै गर्न छोडेका छन् । राम्रो उत्पादन हुने फोप्ली क्षेत्रमा किसानहरुले उत्पादननै छोडेर खेतबारि बाँझो राख्न थालेको फोप्लीका स्थानीय मेघराज पुनले बताउनुभयो ।

 

बालि संरक्षण गर्न किसानले विभिन्न प्रकारका पासो थाप्नेदेखि खेतवारीमा तारवार गर्ने, त्यसमा विद्युत प्रावह गरिदिने, बामसम्म प्रयोग गर्ने गरेको पाईएको छ । जुन जोखिमपूर्ण छ । यस्ता गतिविधिले ज्यान समेत लिने गरेको छ ।

 

माघ २६ गते बदेल मार्नका लागि प्रयोग गरिएको बम फेला पारी खेलाउने क्रममा बालक घाईते भएका छन् । मल्लरानी गाउँपालिका–३ धरम्पानीछेडा थापाटोलका ११ वर्षिय सौरभ अधिकारी घाईते भएका हुन् । खुट्टामा गम्भिर चोट लागेका उनको बुटवलमा उपचार भैरहेको छ । घटना स्थलमा फेला परेको थप दुई वटा बमलाई माघ २७ गते विहान बर्दबहादुर गण खलंगाबाट खटिएको मेजर (सेनानी) राम कुमार रोक्का नेतृत्वको टोलीले निस्कृय पारेको छ । नेपाली सेनाको टोलीले बमलाई सुरक्षित स्थानमा लिएर निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक निरन्जन रिजालले बताउनुभयो । स्थानीय मोहन बहादुर के.सी.लाई पक्राउ गरी प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

 

बालि संरक्षणका लागि बम प्रयोग भएको सम्भवत जिल्लामा पहिलो घटना हो । यसअघि बालि जोगाउन किसानले तारवारमा छोडेको विद्युतको कारण एक जनाको ज्यान गएको छ । प्यूठान नगरपालिका–५ जुम्रिकाँडाका ५६ वर्षिय दयिराम थापाको दुई वर्ष अघि ज्यान गएको थियो । घटनामा संलग्न भन्दै दुई जनाले तीन वर्षको कैद सजाय भोगि रहेकाछन् ।

 

जंगलि जनवारबाट बालि संरक्षणका लागि सरकारी पहल भने देखिदैन । केहि वर्ष अघि स्थानीय तहहरुले बादर समाउने कार्यक्रम संचालन गरेका थिए । १० लाख बजेट खर्च गरेर बाँदर समाएर निकुंजमा छोड्ने काम गरेपनि कार्यक्रम प्रभावकारी नभएको स्वर्गद्धारी नगरपालिकाका पूर्व वडा अध्यक्ष हिरामणी भण्डारीले बताउनुभयो । पछि आविकार केन्द्रले उत्पादन गरेको बाँदर धपाउने मेसिन समेत जिल्लामा चल्यो । तर, प्रभावकारी हुन सकेन ।

 

बालि जोगाउन हैरानी परेका किसानहरुले बैकल्पिक खेति अवलम्वन गर्न सकिने एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका प्रमुख उमेश श्रेष्ठ बताउनुहुन्छ । खेतवारीको अवस्था हेरेर अदुवा, हलेदो (बेसार) खेति गर्न सकिने उहाँ सुझाउँनुहुन्छ । त्यस्तै फलफुल खेतिमा समेत जंगलि जनवारले आक्रमण नगर्ने भएकाले फुलफुल खेति गर्न सकिन्छ । ड्रागन, कागति, सुन्तला जस्ता फलफुल खेति गर्न सकिने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *