> समाज > प्यूठानमा थप १ कोरोना संक्रमितको मृत्यु


प्यूठानमा थप १ कोरोना संक्रमितको मृत्यु

प्यूठान, ३ पुस । प्यूठानमा थप १ कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

जिल्लाको सरुमारानी गाउँपालिकाका-१ का ८२ वर्षीय महिलाको आज बिहान घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

मृतक महिलाको गत मंसिर २७ गते उपचारका क्रममा नेपालगञ्जमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उहाँ दिर्घकालिन रोगको बिरामी भएको र केहीदिन अघि घर फर्काइएको सुवेदिले बताउनुभयो ।

यससंगै प्यूठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *