> राष्ट्रिय > शुसासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राख्दै आएको मेयर कक्षपतिको भनाई


शुसासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राख्दै आएको मेयर कक्षपतिको भनाई

प्रज्वल पहाडी
प्यूठान,२६ मंसिर । प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले शुसासन र पारदर्शितालाई नगरपालिकाले मुख्य प्राथमिकतामा राख्दै आएको बताउनु भएको छ । नगरपालिकाको शुक्रवार आयोजित प्रथम चौमासिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाईमा सहभागीवाट आएका जिज्ञाहरुवारे स्पष्ट पार्दै उहाँले नगरका हरेक क्रियाकलापहरु विभिन्न माध्यमवाट सार्वजनिक गर्दै आएको बताउनुभयो ।

‘नगरवासीहरुलाई नगरपालिकाका हरेक गतिविधिमा पहुँच कायम राख्न डिजिटल प्रविधिको विकास तथा प्रयोगमा समेत हामीले जोड दिदै आएका छौं’ उहाँले भन्नुभयो, ‘गुनासो सुनुवाई मध्यनजर राख्दै नगरपालिकाको हटलाईन सेवा समेत संचालन भई रहेको छ ।’

 


नगरपालिकाको विकासमा महत्व राख्ने प्रमुख आयोजनाहरुको डिपिआर तयार गरि प्रदेश तथा संघिय सरकार समक्ष वजेट व्यवस्थापनका लागि माग पेश गरेको उहाँले बताउनु भयो । नगरको समुन्नतीका लागि शहरी विकास प्लान निर्माण गर्दै समुन्नत नगर विकासमा नगरपालिकाले अग्रसरता देखाएको उहाँको भनाई थियो ।

 

कार्यक्रमा नगरविकास सम्वन्धी नीतिगत व्यवस्था,कार्यक्रम कार्यान्वयन र समुदायको सहभागीता फोहोर तथा ढल व्यवस्थापन, नक्सापास, कोरोना व्यवस्थापन तथा चेकजाँज, कृषिको व्यवसायिकिकरण लगाएत विषयमा स्थानीय सरोकारवालाहरुले सुझाव व्यक्त गरेका थिए कार्यक्रममा पत्रकार संजय रिजालले विकास निर्माणमा समुदायको सहभागीतालाई जोड दिनु पर्ने सुझाए । यस्तै निर्माण व्यवसायि दिपेन्द्र केसीले नगरको शहरी क्षेत्र संगै अन्य क्षेत्रमा समेत लगानी वढाउन माग गर्नु भयो ।

राष्ट्रिय जनमोर्चाका प्रतिनिधि ध्रुर्व थापाले बस्ती वढ्दै जाँदा नगर क्रुप हुदै गएको बताउदै भूउपयोग नीति निर्माण र त्यसको कार्यान्वयन अगाडी वढाउनु अहिलेको अवश्यकता रहेको औलाउनु भयो । बितरण मुखी कृषि कार्यक्रम निरन्तररुपमा चल्दै आएकोले यसलाई व्यवसायि मुखी बनाउनु पर्ने आवश्यकता रहेको उहाँले सुझाउनु भयो ।

 

त्यस्तै नेपाली काग्रेसका सचिव देवेन्द्र बर्माले नक्सापास, प्रभावकारी सामुदायिक परिचालनको क्षेत्रलाई नगरले सुधार गरेर अगाडी बढ्नु पर्ने औल्याउनु भयो । पछिल्लो पटक कोरोना जाँच समेत हुन छाडेको विषयलाई जोडदिदै उहाँले परिक्षणको व्यवस्थापन मिलाउन आग्रह गर्नुभयो । नेकपाका अध्यक्ष तुल्सीराम शर्माले नगरपालिकाका विकास योजनाहरु समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञवहादुर वुढाले नागरिकका काममा सहजता ल्याउनका लागि आफूहरु लागि पर्दै आएको बताउनुभयो । गुणस्तरीय सेवा प्रवाहलाई समेत नगरले जोड दिदै आएको बताउँदै उहाँले नगर तथा वडाबाट संचालन हुने कार्यक्रममा सवैको सक्रियता र सहयोगको आवश्यकता रहने बताउनुभयो ।

नगरपालिकाको आयोजना तथा यूथमिडिया डेभलपमेन्ट सेन्टर प्यूठानको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा उपप्रमुख शान्ता आचार्यले स्वागत मन्तव्य तथा वास संयोजक इन्द्रमणी पोख्रेले प्रगति प्रतिवेदन प्रस्तुती गर्नु भएको थियो । कार्यक्रमको संचालन पत्रकार प्रज्वल पहाडीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *