> राष्ट्रिय > लक डाउनको समयमा के गर्दै हुनुहुन्छ ? यी छन डाक्टरको सुझाव


लक डाउनको समयमा के गर्दै हुनुहुन्छ ? यी छन डाक्टरको सुझाव

प्यूठान, १५ चैत ।

सरकारले कोरोना भाइरस संक्रमणबाट बच्न देशभर लकडाउन थालेको आज पाँचौ दिन । लकडाउन घोषणा भएपछि मानिसहरु प्रायः सवै घरभित्रै बसेका छन् । परिवारसँग दिन बताएका छन् । इन्टरनेटको माध्यमबाट मनोरञ्जन लिइरहेका छन् ।

यसरी घरभित्रै बस्दा के कसरी स्वस्थ हुन सकिन्छ भनेर विभिन्न तौर तरिका अपनाइरहनुभएको पनि होला । डाक्टरको सुझाव पनि घरमा धेरै दिन बसिरहँदा शारीरिक तथा मानसिक समस्या हुन सक्ने भएकाले योग, व्यायाम, खेलकुद, खानपीनमा ध्यान दिनु पर्दछ ।

खानपीनमा ध्यान दिने घरमा बस्दा रोगसँग लड्ने रोग प्रतिरोधक क्षमताको विकास गर्नुपर्ने डा. सुवास जिसी बताउनुहुन्छ । घरमै पाइने लसुन, अदुवा, भिटामीस सी पाउने खाना खान उहाँको सुझाव छ । मदिरा र धुम्रपान नगर्न डाक्टरले सुझाव दिएका छन् ।

परिवारलाई समय दिने यो समयमा परिवारलाई समय दिने पनि एउटा अवसर हो । मानिसहरु कामको व्यस्तताले परिवारबाट टाढा रहेको, परिवारसँगै भएपनि समय दिन नपाएको अवस्थामा अहिलेको लकडाउनको समयमा परिवारलाई समय दिन सकिन्छ ।

शारिरीक व्यायाम शरिरलाई स्फुर्ति राख्नका लागि नियमित व्यायाम गर्न आवश्यक छ । नियमित योगा, कसरत, खेलकुदमा समय दिएर शरिरलाई स्वस्थ राख्न डाक्टरले सुझाव दिएका छन् ।

मनोरञ्जन घरमै बसिरहँदा गीत संगीत सुन्ने, नाँचगान गर्ने उपाय अपनाउन सकिन्छ । किताब पढेर पनि ज्ञान तथा मनोरञ्जन लिन सकिन्छ ।

आधिकारीक सूचना लिन अहिले विभिन्न तरिकाले विनाआधिकारीक सूचना पनि फैलिरहेको छ । जसले मानिसहरुलाई मनोवैज्ञानिक रुपमा असर गर्न सक्छ । त्यसैले आधिकारीक सूचनालाई मात्र आधार मान्ने गर्नुपर्दछ ।

भिडियो हेर्न यो लिंकमा जानुहोस् ।

https://youtu.be/SyjacEwjQmQ

Leave a Reply

Your email address will not be published. Required fields are marked *