> राष्ट्रिय > स्थानीय तह र अस्पताललाई ल्यापटप हस्तान्तरण


स्थानीय तह र अस्पताललाई ल्यापटप हस्तान्तरण

प्यूठान, १२ मंसिर । सयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिए) र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको सहकार्यमा स्थानीय तह र अस्पताललाई ल्यापटप हस्तान्तरण गरिएको छ । जिल्लाका ऐरावती, मल्लरानी गाउँपालिका र प्यूठान अस्पताललाई एक/एक थान ल्यापटप हस्तान्तरण गरिएको हो ।

स्थानीय सरकारका स्वास्थ्य शाखालाई सुचना व्यवस्थापन र प्यूठान अस्पताललाई एकद्धार संकट व्यवस्थापन केन्द्रका लागि ल्यापटप हस्तान्तरण गरिएको युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्यूठान अस्पतालमा सिद्धार्थ सामाजिक विकास केन्द्रका सदस्य त्रिलोचन घिमिरे, युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठ, डाक्टरहरुको उपस्थितीमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन खिमप्रसाद पार्धेलाई ल्यापटप हस्तान्तरण गरिएको हो । अस्पतालमा सञ्चालन गरिएको एकद्धार संकट व्यवस्थापन केन्द्रलाई रिर्पोटिङ्गका लागि ल्यापटपले सहज हुने विश्वास लिएको समेत युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठले बताउनुभयो । ल्यापटप ग्रहण गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पार्धेले एकद्धार संकट व्यवस्थापन केन्द्रका लागि ल्यापटपले सघाउ पु¥याउने बताउनुभयो । यस्ता सामाग्रीहरु प्रदानले का मगर्ने कर्मचारीलाई सघाउ पु¥याउने उहाँको भनाई छ ।

 


अन्य जिल्लामा पनि सहयोग
सयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिए) र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको सहकार्यमा प्यूठानसंगै अन्य जिल्लाका स्थानीय तह र अस्पताललाई ल्यापटप हस्तान्तरण गरेको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका , रोल्पा नगरपालिका र रोल्पा अस्पताल, रुकुम पूर्वको सिसिनेटा, भूमे र पुथा उत्तरगंगा गाउँपालिकालाई ल्यापटप हस्तान्तरण गरेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक जियाउल हकले जानकारी दिनुभयो ।

 

त्यस्तै अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, मालारानी र अर्घाखाँची अस्पताल, कपिलबस्तुको कपिलबस्तु शिवराज नगरपालिका, सुद्धोधन गाउँपालिका र कपिलबस्तु अस्पताल, रुपन्देहीको रुपन्देही अस्पताल र बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न बाकी रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *