प्यूठान, ११ मंसिर । प्यूठानमा कोभिड १९ को जोखिमबाट बच्न सावधानी अपनाउँदै भिटामिन ए र जुकाको औषधि खुवाइएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले पहिलो दिन ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाएका हुन् ।

उमेर पुगेका बालबालिका यो अभियानबाट नछुटाउन स्वास्थ्य कार्यालय प्यूठान, स्थानीय सरकार र सुआहाराले समन्वय र सहकार्य गरेको छ ।

सुआहाराले सवै महिला स्वास्थ्य स्वयंसेविकालाई मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरेको छ ।

छुटेका बालबालिकालाई भोलि पनि भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ ।
