> Uncategorized > स्वर्गद्वारी विमान स्थलको ‘ड्रोन सर्वे’ भिडियो सहित


स्वर्गद्वारी विमान स्थलको ‘ड्रोन सर्वे’ भिडियो सहित

प्यूठान समाचार सम्वाददाता
प्यूठान, २० माघ ।
प्रस्तावित स्वर्गद्वारी विमानस्थल निर्माणका लागि विस्तृत परियो  जना प्रतिवेदन (डिपीआर) निर्माण गर्न लागिएको छ । पछिल्लो प्रविधि ‘ड्रोन सर्वे’ मार्फत अहिले फिल्ड सर्भेको काम भइरहेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणको तर्फबाट परामर्शदाता रियल प्याथ इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि.ले डिपिआर निर्माण गर्न लागेको हो । ड्र्रोनबाट सर्भेको काम भएको कन्सलट्यान्टका इन्जिनियर उत्सव गौतमले जानकारी दिनुभयो । यसपछि कार्यालय पुगेर बाँकी काम चार महिनाको अवधिमा सम्पन्न गर्ने कन्सल्टेन्सीले जनाएको छ ।

विमानस्थलको सर्भेको काम गरिँदै । तस्विर ः प्यूठान समाचार सम्वाददाता

विमानस्थलको चार वर्ष अघि सम्भाव्यता अध्ययन भएको थियो । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल निर्माणको लागि यसअघि वातावरिणीय प्रभाव मूल्याङ्कन समेत गरिएको छ ।
मुख्यगरि स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गरि विमानस्थलको निर्माणको काम अघि बढेको हो । यससँगै प्यूठान र रोल्पाका जनतालाई हवाई यातायातको पहुँच पुग्नेछ । चाल्नेटार विमानस्थलले स्वर्गद्वारीको पर्यटन प्रर्वद्धनमा ठुलो मद्दत गर्ने विश्वास गरिएको छ ।

विमानस्थल निर्माणले स्वर्गद्वारीमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्यामा बृद्धि हुने भएकाले पर्यटन उद्योगको रुपमा विकास हुने अपेक्षा गरिएको छ । विमानस्थल निर्माणको प्रक्रिया अघि बढेपछि जिल्लावासी उत्साहित भएका छन् । विमानस्थल निर्माणले जिल्लाको मुहार फेर्ने भन्दै जिल्लावासी उत्साहित बनेका हुन् । आयोजनाको प्रस्तावित लागत ७७ करोड रुपिँया रहने अनुमान गरिएकोछ ।

विमानस्थलले लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल ओगट्ने छ । आयोजना निर्माणले चाल्नेटारका १२ घरधुरी प्रत्यक्ष रुपमा विस्थापित हुनेछन् । आयोजना निर्माण गर्दा ५५ दशमलव १८ हेक्टर राष्ट्रिय वन अन्र्तगतको हरियाली सामुदायिक वनको क्षेत्र अधिग्रहण हुनेछ ।

भिडियोमा हेर्नुहोस्

विमानस्थल बन्ने स्थान । तस्विर ः प्यूठान समाचार सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *